डर्टमन्ड पराजित, बार्यनको साँघुरो जित

नेपालभ्युज

डर्टमन्ड पराजित, बार्यनको साँघुरो जित

काठमाडौं । जर्मन बुन्डेसलिगामा गएराति भएका खेलमा लिगको शीर्ष स्थानमा रहेको बार्यन म्युनिखले एससी फिरबर्गमाथि २-१ को जित निकालेको छ भने दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड पराजित भएको छ।

बार्यनलाई जिताउन लियोन गोर्टेक्जाले ३० तथा रोबर्ट लेवन्डोस्कीले ७४ मिनेटमा गोल गरे। निर्धारित समयपछि थपिएको सयमा बार्यनले एक गोल खायो। उता डर्टमन्ड भने आरबी लेइप्जिगसँग २-१ ले पराजित भएको हो। लेइप्जिगले २९ मिनेटमा पहिलो गोल गरेको थियो। निकै घम्साघम्सी भएको खेलको ५२ मिनेटमा मार्को रियुसले गोल गर्दै डर्टमन्डलाई बराबरीको स्थितिमा ल्याए पनि ६८ मिनेटमा दोस्रो गोल गर्दै लेइप्जिग विजयी भएको हो। खेलअवधिभर दुवैतर्फका गरी ८ खेलाडीलाई रेफ्रीले पहेंलो कार्ड देखाएका थिए।

लेइप्जिगले यसअघि च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पीएसजीलाई २-२ को बराबरीमा रोकेको थियो। जितसँगै लेइप्जिग बुन्डेसलिगा टेबलमा पाँचौं स्थानमा उक्लिएको छ। हारको बाबजुत डर्टमन्ड दोस्रो स्‍थानमा यथावत् छ। उसले ११ खेलबाट २४ अंक बनाएको छ। जुन बार्यनको भन्दा ४ अंकले कम हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved