न्यायालयको संकटबारे सत्ता गठबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

नेपाल भ्यूज

न्यायालयको संकटबारे सत्ता गठबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले न्यायालयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय गरेको हो ।

गठबन्धनमा समाजवादीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेको छ भने सर्वोच्च १९ जना न्यायाधीशहरुले राणाले तोकेको इजलास अस्वीकार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved