योगेशको कटाक्षः घुँडामुनी हानेको त टाउको मै लागेछ की के हो ?

भट्टराईले एमालेको दशौँ महाधिवेशनको विषयमा जानकारी दिन आयोजन गरिएको पत्रकार सम्मेलनका क्रममा बुधबार एकीकृत समाजवादी पार्टी अवैध सम्बन्धबाट जन्मेको सन्तान भएको टिप्पणी गरेका थिए।

नेपालभ्युज

योगेशको कटाक्षः घुँडामुनी हानेको त टाउको मै लागेछ की के हो ?
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) बारे आफूले गरेको टिप्पणीले मित्रहरु छटपटाउन थालेको बताएका छन्।

भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत समाजवादीबारेको आफ्नो टिप्पणीले उनीहरु छटपटाउन थालेको बताएका हुन्। भट्टराईले एकीकृत समाजवादी अवैध भएको भनेर गरेको टिप्पणीमाथि अहिले सामाजिक सञ्जालमा तीव्र बहस भइरहेको छ।

भट्टराईले एमालेको दशौँ महाधिवेशनको विषयमा जानकारी दिन आयोजन गरिएको पत्रकार सम्मेलनका क्रममा बुधबार एकीकृत समाजवादी पार्टी अवैध सम्बन्धबाट जन्मेको सन्तान भएको टिप्पणी गरेका थिए।

भट्टराईको सोही टिप्पणीमाथि केन्द्रित रहेर अहिले समाजवादीका नेता कार्यकर्ताले उनको आलोचना गरिरहेका छन्। जसको जवाफ भट्टराईले सामाजिक सञ्जाबाटै दिएका हुन्।

भट्टराईले समाजवादीका नेता कार्यकर्ताको आलोचनालाई ‘मित्रहरु छटपटाउन र बरबराउन’ थालेको संज्ञा दिएका छन्। उनी लेख्छन्, ‘‘घुँडामुनी हानेको त टाउको मै लागेछ की के हो ? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त !”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved