टी-ट्वान्टी वरीयतामा नेपालको सुधार

आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १३ औँ स्थानमा पुगेको छ।

नेपाल भ्यूज

टी-ट्वान्टी वरीयतामा नेपालको सुधार

काठमाडौं। नेपालले टी-ट्वान्टी क्रिकेटको वरीयतामा सुधार गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-२० क्रिकेट वरीयतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १३ औँ स्थानमा पुगेको छ। यसअघि, नेपाल १४ आँै स्थानमा रहेको थियो।

विश्व वरीयतामा इंग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ।

त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौंथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved