ट्युसन जाँदै गरेकी किशोरी बलात्कृत, २ जना पक्राउ

नेपालभ्युज

ट्युसन जाँदै गरेकी किशोरी बलात्कृत, २ जना पक्राउ

पर्सा। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पक्राउ गरेका दुई जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-२१ का २० वर्षीय बिकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन्।

प्रहरीका अनुसार ९ कात्तिकमा बिहान ती किशोरी ट्युसन पढ्न जाने क्रममा उनीहरूले बाटो ढुकी तानेर फोटो स्टुडियोभित्र लगी जबरजस्ती करणी गरेका थिए।

उनीहरूमाथि जबरजस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved