सर्लाहीमा प्रचण्ड

पार्टी निकट शिक्षकहरुको कार्यक्रममा सहभागी हुनका लागि प्रचण्ड सर्लाही लागेका हुन्।

नेपालभ्युज

सर्लाहीमा प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सर्लाही गएका छन्।

पार्टी निकट शिक्षकहरुको कार्यक्रममा सहभागी हुनका लागि प्रचण्ड सर्लाही लागेका हुन्।

प्रचण्डले मलंगवामा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ।

उनीसँगै कार्यक्रममा प्रदेश २ का मन्त्री भरत शाह, माओवादी केन्द्रका प्रदेश २ अध्यक्ष प्रल्हाद बुढाथोकी सहभागी हुँदैछन्।

प्रचण्ड शनिबार बिहान जनकपुर उडेका छन्। जनकपुरबाट गाडीमा मलंगवा जाने र कार्यक्रम सकेर आजै काठमाडौं फर्कने प्रचण्डको सचिवालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved