टी २० विश्वकप: पाकिस्तानलाई भारतको १५२ रनको लक्ष्य

नेपालभ्युज

टी २० विश्वकप: पाकिस्तानलाई भारतको १५२ रनको लक्ष्य

आइसिसी टी २० विश्वकप अन्तर्गत  जारी खेलमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरुवाती ब्याटिङमा उत्रिएको भारतको ओपनिङ राम्रो हुन सकेको थिएन। ओपनर रोहित शर्मा शून्य रनमा र केएल राहुल ३ रनमा आउट भएका थिए। दुवै ओपनरलाई साहिन अफ्रीदीले आउट गराएका थिए। बलिङतर्फ पाकिस्तानका सहीन अफ्रीदीले सर्वाधिक ३ विकेट लिँदा हसन अलीले २ र शहाब खान र हरिस रउफले १ विकेट लिए।

पाकिस्तान केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ। भारत र पाकिस्तानबीच लामो समयबाट राजनीतिक तनाव रहँदै आएको छ। जसको असर खेल क्षेत्रमा समेत देखिँदै आएको छ। भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ। सन् २०१९ को एक दिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved