स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित रौतहटबाट एक पक्राउ

नेपालभ्युज

स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित रौतहटबाट एक पक्राउ

रौतहट। रौतहटबाट स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ईशनाथ नगरपालिका-१ बन्जरहाबाट बिहारस्थित शिवहर ग्रामका २२ वर्षीय सुशिल कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बन्जराहस्थित बकैया खोलाको बाँधमा सिमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपालतर्फ आउँदै गरेका साहको साथमा स्रोत नखुलेको रकम फेला पारेको थियो।

साहलाई बरामद भारतीय रुपैयाँ सहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved