को हुन् माओवादीबाट बनेका चार मन्त्री ?

शुक्रबार मन्त्री बनेका चार मन्त्रीहरूको परिचयात्मक विवरण यसप्रकार छ।

नेपालभ्युज

को हुन् माओवादीबाट बनेका चार मन्त्री ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले सरकारमा चार मन्त्री पठाएको छ। माओवादीले यसअघि सरकारमा अर्थ र ऊर्जा मन्त्रीका रूपमा क्रमशः जनार्दन शर्मा र पम्फा भुषाललाई पठाएकोमा आज विस्तार मन्त्रिपरिषद्मा माओवादीबाट थप चार मन्त्री नियुक्त भएका छन्।

शिक्षा विज्ञान तथा प्रविधि देवेन्द्र पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण शशि श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालय महेश्वर गहतराजलाई दिइएको छ भने पम्फा भुसाल र जनार्दन शर्मालाई क्रमश: ऊर्जा र अर्थमै निरन्तरता दिइएको छ।

को हुन् माओवादीबाट बनेका नयाँ मन्त्री? शुक्रबार मन्त्री बनेका चार मन्त्रीहरूको परिचयात्मक विवरण यसप्रकार छ।

शशि श्रेष्ठ

जिल्ला ठेगाना : कामनपा ३२, कोटेश्वर, काठमाडौं

जन्मस्थान : मंगलटार, काभ्रेपलाञ्चोक

बाबुआमाको नाम : शंकरलाल श्रेष्ठ/गणेशमाया श्रेष्ठ

पारिवारिक विवरण : श्रीमान् लीलामणि पोखरेल र दुई छोरा

शैक्षिक योग्यता : स्नातक

निर्वाचन प्रणाली  : समानुपातिक

राजनीतिक आबद्धता : २०३४ सालदेखि विद्यार्थी राजनीतिमा आबद्ध। २०३६ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनबाट औपचारिक रूपमा पार्टीगत राजनीतिमा आबद्ध। २०३७ सालमा नेकपाको पूर्णकालीन सदस्यता प्राप्त गरेको। २०३८ सालमा पद्मकन्या क्याम्पस स्ववियु सभापतिमा निर्वाचित। नेपाल महिला संघको अध्यक्ष (२०४०–०५९) सम्म संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य २०५५। जनमोर्चाको सचिवालय सदस्य २०५९। माओवादी केन्द्रीय सदस्य २०६५ र २०७१ मा माओवादी पोलिटब्युरो र २०७२ मा सचिवालय सदस्य।

हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य।

संसदीय यात्रा : संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित

विशेष भूमिका : प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति सभापति २०७५

कार्यकारी भूमिका : २०६४ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

विशेष रुचि : कानून र विकास

राजनीतिक घटनाक्रम : २०३८ साल तथा २०४२ सालसम्म जेल जीवन। राजनीतिक आन्दोलनका क्रममा पटक–पटक भूमिगत जीवन र प्रहरी हिरासतमा

संस्थागत आबद्धता : महिला सुरक्षा दबाब समूह, अन्तरपार्टी महिला संञ्जालको स्थापनाको नेतृत्वकर्ता। संघर्षशील नारीको रुपमा परिचित गराउन चाहने सांसद श्रेष्ठ आफूलाई समानताको पक्षधर बताउँछिन्। तत्कालीन जनमोर्चा हुँदै नेकपा माओवादीको राजनीतिमा सक्रिय श्रेष्ठले छोरा र छोरीलाई पैतृक सम्पत्तिमा समान हक स्थापनाको आन्दोलनको नेतृत्व लिएकी थिइन्। मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा विभिन्न संगठन र संस्थाहरूको नेतृत्व र वकालतसमेत उनले नेतृत्व गरेकी थिइन्।

देवेन्द्र पौडेल

जिल्ला/ठेगाना : बागलुङ नगरपालिका १२, बागलुङ

स्थायी ठेगाना : अमलाचौर, बागलुङ

हालको ठेगाना : महराजगञ्ज, काठमाडौं

जन्मस्थान जन्म मिति : २०२१ पुस २८ गते/बागलुङ

बाबु/आमाको नाम : पदमपाणि उपाध्याय/रेवती उपाध्याय

पारिवारिक विवरण : श्रीमती र एक छोरी

शैक्षिक योग्यता : स्नातकोत्तर (राजनीति शास्त्र)

निर्वाचन प्रणाली : प्रत्यक्ष (बागलुङ २)

राजनीतिक आबद्धता : विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष र अध्यक्ष भएर काम गरेको। राजनीतिक रूपमा २०५२ सालबाट माओवादीमा आबद्ध भई सशस्त्र संघर्षमा सहभागी हुँदै २०५७ मा केन्द्रीय सदस्य। माओवादी पोलिटव्युरो सदस्य २०६२। माओवादी केन्द्रको स्थायी समिति सदस्य २०७१। पार्टीका अञ्चल र विभिन्न ब्युरोमा इन्चार्जको भूमिकामा रहेर कार्यसम्पादन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य २०७५।

संसदीय यात्रा : संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा बागलुङ २ बाट निर्वाचन। हाल उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य।
राजनीतिक नियुक्ति : तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख राजनीतिक सल्लाहकार २०६८।

राजनीति अघिको पेसा : कृषि

विशेष रुचिको क्षेत्र : कृषि, विकास र साहित्य

राजनीतिक घटनाक्रम : मुख्य राजनीतिक आन्दोलनमा सहभागी। २०४२ देखि ०४४ सम्म १८ महिना धनगढी जेलमा, दर्जनौँ पटक गिरफ्तार, ६ महिना सदर खोरमा थुनामा। पञ्चायतकलामा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत जीवन। राजनीतिसँगै सांसद पौडेलको साहित्यमा पनि रुचि छ। उनको मार्क्सवाद र नेपाली क्रान्ति, नेपाली क्रान्तिका वैचारिक आधारहरू लगायतका राजनीति प्रधान कृति प्रकाशित छन्। उनका कृतिहरूले विभिन्न सम्मान पनि पाएका छन्।

अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेका पौडेलको संसदीय अनुभव नयाँ भए पनि राजनीतिक रुपमा स्थापित व्यक्तित्व हुन्। उनी विभिन्न सामाजिक संघ-संस्थामा समेत आबद्ध छन्।

महेश्वर गहतराज (अथक)

जिल्ला ठेगाना : नेपालगन्ज उपमहानगरपालिका १, बाँके

स्थायी ठेगाना : धम्बोजी, बाँके

जन्म मिति : २०२८ भदौ १२ गत/रुकुम

बाबु आमाको नाम : सुकीराम विश्वकर्मा/रती विश्वकर्मा

पारिवारिक विवरण : श्रीमती/छोरा एक,छोरा एक

शैक्षिक योग्यता : प्रवीणता प्रमाणपत्र तह

निर्वाचन प्रणाली : प्रत्यक्ष (बाँके १)

राजनीतिक आबद्धता : २०४५ सालमा अनेरास्ववियु वीरेन्द्र मावि बाँफीकोटको सचिव भई राजनीतिकका प्रारम्भ। २०४८ मा अखिल नेपाल युवक संघ रुकुमको जिल्ला समिति सदस्य। २०५१ बाट माओवादीको राजनीतिमा सक्रिय। २०५६ मा रुकुमको जनसरकार उपप्रमुख। क्षेत्रीय ब्युरो प्रमुख तथा रुकुम इन्चार्ज २०५७। माओवादीको जुम्ला, मुगु र हुम्ला इन्चार्ज २०५८। बाँके, बर्दिया इन्चार्ज २०५९। माओवादी केन्द्रीय सदस्य २०६०। एमाओवादीको केन्द्रीय सदस्य तथा थारुवात सेक्रेटरी २०६५। हेटौडा महाधिवेशनबाट पुन: केन्द्रीय सदस्यमा निर्वाचित। केन्द्रीय सचिवालय सदस्य २०७३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५।

संसदीय यात्रा : संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा बाँके १ बाट निर्वाचित। हाल राज्यव्यवस्था तथा सुशासन समिति सदस्य।

विशेष रुचि : कृषि

राजनीतिक घटनाक्रम : राजनीतिक आन्दोलनका क्रममा भूमिगत जीवन।

आफूलाई समानता र एकताको पाएका रूपमा चिनाउन चाहने सांसद गहतराज सामाजिक सचेतनाका क्षेत्र पनि रुचि राख्छन्। उनी आफूलाई सामाजिक न्याय र समानताको पक्षधर राजनीतिकर्मीका रूपमा पनि परिचित गराउन चाहन्छन्। तीन दशक लामो राजनीतिक क्रियाशीलता भए पनि संसदीय यात्रा भने उनको पहिलो हो। २०७० को संविधानसभा सदस्य निर्वाचनमा उनी बाँके १ बाट पराजित भएका थिए। प्रतिनिधिसभामा निर्वाचित उनी विधायकका रूपमा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य छन्।

बोधमायाकुमारी यादव

जिल्ला ठेगाना : धनुषा नगरपालिका १०, धनुषा

स्थायी ठेगाना : चारनाथ, धनुषा

जन्मस्थान/जन्म मिति : २०३१ कात्तिक २८ गते/धनुषा

बाबु आमाको नाम : स्व.रामवृक्ष यादव / रामकुमारी यादव

पारिवारिक विवरण : श्रीमान्/दुई छोरा र एक छोरी

शैक्षिक योग्यता : स्नातक (नेपाली)

निवांचन प्रणाली : समानुपातिक

राजनीतिक आबद्धता : २०४४ सालमा अखिल छैटौँको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा आबद्ध। २०५८ मा तत्कालीन नेकपा (माओवादी) निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य। २०६० मा माओवादीको धनुषा जिल्ला समिति सदस्य। २०६७ सालमा माओवादीको धनुषा जिल्ला सह–सेक्रेटरी। २०६८ मा तत्कालीन एकीकृत नेकपा –माओवादी) को केन्द्रीय सदस्य। २०७० मा एमाओवादीकै पोलिब्युरो सदस्य। २०७५ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य।

संसदीय यात्रा : संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा तत्कालीन माओवादी केन्द्रका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित। हाल अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य।

विशेष रुचि : राजनीति

राजनीतिक घटनाक्रम : २०६२ चैत २९ देखि ०६३ असार १ गतेसम्म नजरबन्दमा।

आफूलाई सामाजिक न्याय र समानताको पक्षधरका रूपमा परिचित गराउन चाहने सांसद यादव दुई दशकयता सक्रिय राजनीतिमा छिन्। यादवले सहिद रामवृक्ष यादव स्मृति प्रतिष्ठान लगायतका सामाजिक संस्थाको पनि नेतृत्व गरेकी छन्। उनको बलिदानको सगरमाथा (२०७०) नामक कृति प्रकाशित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved