भैरहवा र काठमाडौंबीचको खेल स्थगित

नेपालभ्युज

भैरहवा र काठमाडौंबीचको खेल स्थगित

काठमाडौं । भैरहवा ग्लाडिएटर्स र काठमाडौं किंग्स इलेभनबीचको खेल स्थगित भएको छ। एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आज बिहान साढे ९ बजे हुने भनिएको खेल वर्षाका कारण आउट फिल्ड भिजेपछि हुन नसकेको हो।

सकेसम्म ओभर घटाएर खेल सञ्चालन गर्ने अम्पायरहरूले प्रयास गरे पनि तर आजकै दोस्रो खेल शुरु हुने समयसम्म पनि मैदान नसुक्दा खेल रोकिएको हो। अब यी दुईबीचको खेल नयाँ मिति तय गरेर आयोजकले जनाएको छ।

लिगको अंक तालिकामा भैरहवाको तीन खेलबाट चार अंक छ भने काठमाडौंको दुई खेलबाट २ अंक मात्र छ। आजको दोस्रो विराटनगर वारियर्स र पोखरा राइनोर्जबीच हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved