भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने उच्च अधिकारी काठमाडौंमा

नेपालभ्युज

काठमाडौँ।भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने उच्च अधिकारी नेपाल आएका छन्। भारतीय विदेश मन्त्रालयका अनुराग श्री वास्तव मंगलबार काठमाडौँ आएका हुन्। भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन उनी नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
श्रीवास्तावले काठमाडौँमा रहँदा अर्थ सचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदीलगायतलाई भेट्ने छन्।
परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच वार्ता भएको दुई दिनपछि कूटनीति तहमा भ्रमण भएको हो। डा. नारायण खड्काले अमेरिकाको न्यूयोर्कमा समकक्षी एस जयशंकरबीच वार्ता गरेका थिए।
दार्चुलाका जयसिंह धामी प्रकरणपछि कुनै भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण हो। तुइनबाट महाकाली नदी पार गरिरहेका बेला भारतीय सुरक्षाकर्मीले तुइन काट्दा उनी महाकाली नदीमा बेपत्ता भएपछि नेपालले भारतलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved