आचार्यलाई पद्मश्री साधना सम्मान, मोक्षभूमिलाई पुरस्कार

‘मोक्षभूमि’ उपन्यासमा लेखकले झण्डै ७०० वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन् ।

नेपालभ्युज

आचार्यलाई पद्मश्री साधना सम्मान, मोक्षभूमिलाई पुरस्कार

काठमाडौं। भजन शिरोमणि भक्तराज आचार्यलाई यसवर्षको ’पद्मश्री साधना सम्मान’ दिइने भएको छ । त्यस्तै लेखक तथा राजनीतिक/सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई ’पद्मश्री साहित्य पुरस्कार’ दिइने भएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आचार्य र दाहालको मोक्षभूमिलाई सम्मान गर्ने घोषणा गरेको हो।

तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा योगदान पुर्‍याएका गायक तथा सङ्गीतकार आचार्यले १६ वर्षको छोटो सङ्गीत साधानाका माध्यमबाट पनि कालजयी गीत संगीत दिएका छन् । २०४६ को एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि उनको गायनयात्रामा पूर्णविराम लागेको थियो ।

‘मोक्षभूमि’ उपन्यासमा लेखकले झण्डै ७०० वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन् ।

जहाँ युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, सङ्घर्ष र मोक्षको कथालाई मोक्षभूमि नामक काल्पनिक परिवेश दिएर चित्रण गरिएको छ ।

तीन-तीन लाख रूपैयाँसहित दुवै सम्मान तथा पुरस्कार यसै वर्षभित्र अनुकूल समयमा प्रदान गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved