हिरासतमुक्त भएपछि स्वदेश फर्किइन् हुवावेकी वित्तीय मामिला प्रमुख

स्वदेश फर्किएकी वान्जूलाई चिनियाँ सञ्चारमाध्यमले स्वागत गर्दैगर्दा चिनियाँ हिरासतबाट रिहाइ भएका दुई क्यानेडियन नागरिकका विषयमा भने केही बोलेका छैनन्।

नेपालभ्युज

हिरासतमुक्त भएपछि स्वदेश फर्किइन् हुवावेकी वित्तीय मामिला प्रमुख

एजेन्सी । हुवावे कम्पनीकी वित्तीय मामिला प्रमुख माङ वान्जू चीन पुगेकी छन्।

अमेरिकाले बैंकिक कसुरको आरोप लगाएपछि वान्जू २०१८ को डिसेम्बरबाट क्यानडाको हिरासतमा थिइन्। अमेरिकाले उनीविरुद्ध उजुरी दिएलगत्तै क्यानडाको अन्तर्राष्टिय विमानस्थलबाट उनी पक्राउ परेकी थिइन्। चीन र अमेरिकाबीच शुक्रबार भएको सम्झौतापछि उनलाई क्यानडाले हिरासतमुक्त गरेको हो। शुक्रबार नै उनी चीन प्रस्थान गरेकी थिइन्।

दक्षिणी चिनियाँ शहर शेन्जेन पुगेकी वान्जू विमानबाट बाहिर आउँदा राष्ट्रियता झल्किने रातो कपडा लगाएकी थिइन्। “म अन्ततः स्वदेश आइपुगेकी छु”, उनको भनाइलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले लेखेको छ। “विदेशमा रहँदा स्वदेश फर्किने समय कुर्नु निकै नै गाह्रो भएको थियो। आफ्नो मातृभूमिमा टेक्न पाउँदा खुशीको कुनै सीमा नै छैन।”

स्वदेश फर्किएकी वान्जूलाई चिनियाँ सञ्चार माध्यमले स्वागत गर्दै गर्दा चिनियाँ हिरासतबाट रिहाइ भएका दुई क्यानेडियन नागरिकका विषयमा भने केही बोलेका छैनन्।
यसैबीच क्यानेडाले वान्जूलाई हिरासतमा लिएलगत्तै चीनले बन्दक बनाएको दुई क्यानेडियन नागरिक रिहाइ भएका छन्।

हुवावे कम्पनीकी वित्तीय मामिला प्रमुखको पक्राउसँग क्यानडेली नागरिक पक्राउमा कुनै सम्बन्ध नरहेको चीनले बताउँदै आएको छ। वान्जूको रिहाइसँगै उनीहरू पनि बन्दनमुक्त भएका छन्।

हुवावे कम्पनीकी प्रमुख स्थापकी छोरीसमेत रहेको वान्जूको पक्राउसँगै बेइजिङ र वाशिङ्टनको सम्बन्ध चिसिएको बताइने गरेको छ। शुक्रबार भएको सम्झौतासँगै दुई देशबीचको कूटनीतिक सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ।

वान्जूको रिहाइसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आन्तरिक रुपम आलोचनाको समाना गर्नुपर्ने बताइएको छ। वाशिङ्नमा रहेका चीनका कट्टर आलोचकबाट बाइडेनको यस कदमप्रति आलोचना हुने अनुमान गरिएको छ।

यसअघि अमेरिकाले चीनका लागि नयाँ राजदूत नियुक्त गर्दा पनि बाइडेनको आलोचना भएको थियो। चीन नजिक रहेको व्यक्तिलाई राजदूतका रुपमा नियुक्त गरिएको भन्दै राष्ट्रपति बाइडेनको आलोचना भएको थियो।

रिपब्लिकन पार्टीका केही सिनेटरहरुले वान्जू रिहाइको कडा शब्दमा आलोचना गरेका छन्। उनीहरूले यस कदमप्रति आपत्ति जनाउँदै ह्वाइट हाउसले यस विषयमा तत्काल अमेरिकी कांग्रेसलाई सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ।

‘वान्जूको रिहाइले अमेरिकी राष्ट्रपतिले हुवावे कम्पनी र चिनियाँ कम्युनिस्ट पार्टीले अमेरिकाको राष्ट्रिय सुरक्षामा पुर्‍याएको चुनौतीसँग जुध्न सहास र सामर्थ्य देखाउन नसकेको पुष्टि भएको छ”, रिपब्लिकन सिनेटर मार्को रुबियोले लिखित सन्देश पठाउँदै रोयर्टससँग भने।

यस्तै अर्का सिनेटर जिम रिचले जारी गरेको विज्ञप्तिमा “यो सम्झौतासँगै चिनियाँ कम्युनिष्ट पार्टीको विजय भएको छ, र यसले अगामी दिनमा चिनियाँ कम्युनिस्ट पार्टीलाई थप कडा कदम उठाउन प्रेरित गर्न सक्छ,” उनले थप लेखेका छन्। आफ्नो नागरिकको बदलामा राष्ट्रिय स्वार्थ कसरी पूरा गर्ने भन्ने चीनले झन जानेको आरोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved