कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्रीको उम्मेदवारी घोषणा

नेपाल भ्युज

कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्रीको उम्मेदवारी घोषणा

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४ औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

वीपी जयन्तीको अवसर पारेर शर्माले सुन्दरीजलस्थित वीपी संग्रहालयमा एक कार्यक्रम आयोजना गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

यसअघि, गगन थापाले पनि १४ औँ महाधिवेनशनका लागि महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन्। शर्मा र थापासँगै अर्का युवा नेता प्रदीप पौडेलको पनि महामन्त्रीमा दाबी छ।

शर्माले आफ्नो उम्मेदवारी घोषणा गर्दे युवाहरुको नेतृत्वमा कांग्रेस देशकै ठूलो पार्टी बनाउने उदेश्यले आफूले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved