डेब्यू खेलको चोटदेखि ‘रेकर्ड ब्रेकर’सम्म

आइतबार भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलपछि किरण नेपालका लागि सबैभन्दा बढी ७४ ‘क्याप’ जित्ने खेलाडी बने। अर्थात् किरण नेपालका लागि सर्वाधिक फुटबल म्याच खेल्ने पहिलो नेपाली भए।

डेब्यू खेलको चोटदेखि ‘रेकर्ड ब्रेकर’सम्म

काठमाडौं। राष्ट्रिय टिमबाट डेब्यू खेलमै बङ्गारामा चोट लागेर मैदान बाहिरिएपछि एक १८ वर्षीय ठिटोलाई लागेको थियो, “अब मेरो फुटबल करिअर समाप्त भयो, अब फुटबल खेलिन्नँ।” तर त्यो ठिटो १३ वर्षपछि नेपालका लागि सर्वाधिक फुटबल म्याच खेल्ने रेकर्ड बनाउन सफल भयो। जसको नाम होः किरण चेम्जोङ।

आइतबार भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलपछि किरण नेपालका लागि सबैभन्दा बढी ७४ ‘क्याप’ जित्ने खेलाडी बने। अर्थात् किरण नेपालका लागि सर्वाधिक फुटबल म्याच खेल्ने पहिलो नेपाली भए।

उनले राष्ट्रिय टिमका पूर्वडिफेन्डर विराज महर्जनको नाउँमा रेहेको कीर्तिमान तोडे। विराजले गत चैतमा काठमाडौंमै भएको ‘थ्री नेसन्स कप’ फुटबल प्रतियागितामा अन्तिम पटक बङ्लादेशविरुद्ध खेल्दै सन्यास लिए। सन्यासअघि विराजले नेपालको राष्ट्रिय टिमबाट सबैभन्दा बढी ७३ म्याच खेल्ने खेलाडीको कीर्तिमान बनाएका थिए।

आइतबार किरणले उक्त कीर्तिमान आफ्नो नाममा लेखाए। तीन दिनअघि भारतसँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको कीर्तिमान बराबर गरेका थिए।

आफ्नो कीर्तिमानबारे किरण भन्छन्, “देशका लागि अझै धेरै गर्नुछ, कीर्तिमान त बन्दै गर्छ। राष्ट्रिय टिमबाट आफूलाई प्रस्तुत गर्न पाउनु नै ठूलो कुरा हो। म गौरवान्वित छु र आउँदा दिनमा पनि देशका लागि योगदान गर्न छोड्दिनँ।”

१३ वर्ष लामो यो अन्तर्राष्ट्रिय फुटबल करिअरको शुरुआत भने त्यति सहज थिएन।

किरणले पहिलो गाँसमै ढुंगा भटे। खेल थियो, सन् २००८ को एएफसी च्यालेन्ज कपको छनोट र विपक्षी थियो मकाओ।ग्रुप ‘डी’ को पहिलो छनोट खेलमा नेपालका जर्मन प्रशिक्षक थोमस फ्लथले दुई अनुभवी गोलकिपर विकास मल्ल र रितेश थापालाई बेन्चमा राख्दै ‘हाइट एड्भान्टेज’ भएका १८ वर्षीय किरणलाई पहिलो पटक राष्ट्रिय टिमबाट मैदानमा उतारे।

किरण भन्छन्, “देशका लागि अझै धेरै गर्नुछ, कीर्तिमान त बन्दै गर्छ। राष्ट्रिय टिमबाट आफूलाई प्रस्तुत गर्न पाउनु नै ठूलो कुरा हो। म गौरवान्वित छु र आउँदा दिनमा पनि देशका लागि योगदान गर्न छोड्दिनँ।”

तर उनको डेब्यू खेल २४ मिनेटभन्दा लामो हुन सकेन। डी बक्समा बल रोक्ने प्रयासमा विपक्षी टोलीका खेलाडीसँग ठोक्किएपछि उनको बङ्गारामा चोट लाग्यो। यसपछि चोट बोकेर मैदान छाडेका किरणलाई मैदान फर्कन अर्को तीन वर्ष कुर्नुपरेको थियो।

त्यो बेलाको अवस्था सम्झँदै किरण अहिले पनि भन्छन, “उक्त घटनापछि २(३ वर्ष मेरो बङ्गारामा समस्या भयो, त्यसबेला मलाई लागेको थिएन कि फुटबल करिअरमा फर्कन्छु भनेर। तर मैले आफैसँग लडाइँ लडे।”

लामो उपचारसँगै नौ महिनापछि टिममा फर्किए पनि पुनः मैदानमै उत्रने मौका पाउन करीब तीन वर्ष लाग्यो। सन् २०११ मा भुटानविरुद्ध मैत्रीपूर्ण खेलका लागि पोखरामा किरण दोस्रोपटक राष्ट्रिय टिमबाट मैदानमा उत्रिए। यसपछि भने उनको करिअरले रफ्तार पक्रियो।

टिममा पुनरागमन, राष्ट्रिय टिमको कप्तानी, सफल आई लिग करिअर, २ अन्तर्राष्ट्रिय उपाधि हुँदै किरण यो ‘रेकर्ड ब्रेकिङ’ खेलसम्म आइपुगे।
किरणले नेपालको राष्ट्रिय टिमबाट दुई उपाधि जितेका छन्। पहिलो हो, सन् २०१६ को एएफसी सोलिडारिटी कप। मलेसियामा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनले सेमिफाइनलमा लाओसविरुद्ध टाई ब्रेकरमा लगातार सुरुवाती ३ पेनाल्टी बचाएका थिए।

गत चैतमा नेपालले घरेलु मैदानमै भएको थ्री नेसन्स कपको उपाधि जित्दा किरण राष्ट्रिय टिमका कप्तान बनिसकेका थिए।सन् २०१८ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध उनले पहिलो पटक नेपालको कप्तानी सम्हाल्ने अवसर पाएका थिए।

उनले थ्री स्टार क्लबबाट घरेलु लिग उपाधि जितेका छन्। त्यसैगरी भारतको माथिल्लो दर्जाको फुटबल लिगमध्येको एक आई लिगको उपाधि पनि उनले उचालिसकेका छन्।

पञ्जाब क्लबबाट आई लिग खेलेका किरण सन् २०१९(२० सिजनमा आई लिगको उत्कृष्ट गोलकिपरको उपाधि जित्न सफल भएका थिए।

किरण ३१ वर्षका भए, अहिलेसम्म उनी शारीरिक रुपमा फिट नै छन्, फर्ममा छन्। राष्ट्रिय टिमको कप्तानी पनि समालिरहेका छन्।यसै पनि गोलकिपरको औसत खेल्ने उमेर अन्य पोजिसनका खेलाडीको भन्दा बढी हुन्छ।

गत चैतमा नेपालले घरेलु मैदानमै भएको थ्री नेसन्स कपको उपाधि जित्दा किरण राष्ट्रिय टिमका कप्तान बनिसकेका थिए।सन् २०१८ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध उनले पहिलो पटक नेपालको कप्तानी सम्हाल्ने अवसर पाएका थिए।

त्यसैले चोट र फर्म समस्या नबने किरणले अझै तीन(चार वर्ष ढुक्कले राष्ट्रिय टिमबाट खेल्न सक्छन्। जसको अर्थ हो उनको यो रेकर्ड खेल संख्या अझ धेरै माथि पुग्न सक्छ।

तस्बिर साैजन्य : एन्फा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved