संजय र शाहरुखले चम्काएका थिए अरबाज खानको भाग्य

नेपालभ्युज

संजय र शाहरुखले चम्काएका थिए अरबाज खानको भाग्य

एजेन्सी । बलिउड अभिनेता तथा सलमान खानका भाई अरबाज खानले सन् १९९६ मा आएको फिल्म ‘दरार’ मा भिलेनको भूमिका निभाएका थिए । यस फिल्ममा उनको अभिनयलाई एकदमै प्रशंसा गरिएको थियो ।

‘दरार’ मा नकारात्मक भूमिका पहिला शाहरूख खानलाई प्रस्ताव गरिएको थियो । शाहरूखले टाइपकास्ट यानिकी सधैं त्यस्तै नकारात्मक भूमिका आउने डरले फिल्मलाई अस्वीकार गरेका थिए ।

किंग खानपछि निर्माताहरूले यो फिल्म संजय दत्तलाई प्रस्ताव गरेका थिए । संजय दत्तले पनि फिल्मलाई अस्वीकार गरिदिए । त्यतिबेला काम नभएका कारण बाध्यात्मक अवस्थामा अरबाजले उक्त भूमिका निर्वाह गर्न हुन्छ भनेका थिए ।

यस फिल्मले अरबाजको भाग्य नै बदलिदियो । त्यसपछि उनलाई अन्य कैयौं फिल्महरूका लागि प्रस्ताव आयो । जसबाट उनले आफ्नो प्रतिभालाई उजागर गर्ने मौका प्राप्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved