रामायणका ‘राम’ र ग्याङ्गस्टार नायिका ‘कंगना’ मोदीको रोजाइमा, लोकसभा निर्वाचन लड्दै

नेपालभ्युज

रामायणका ‘राम’ र ग्याङ्गस्टार नायिका ‘कंगना’ मोदीको रोजाइमा, लोकसभा निर्वाचन लड्दै

काठमाडौं । भारतीय जनता पार्टी भाजपाले लोकसभा चुनाव २०२४ का लागि उम्मेदवारहरूको पाँचौँ सूची घोषणा गरेको छ ।

भाजपाले यो सूचीमा १ सय ११ सिटका उम्मेदवारको नाम समावेश गरेको छ । उम्मेद्वारको पाचौं सूचीमा हिन्दु धर्मको कट्टर पक्षधर अभिनेत्री कंगना रनावतदेखि रामायण टीभी सिरियलका ‘राम’ अरुण गोविलसम्म अटाएका छन् ।

भाजपाले अभिनेत्री कंगनालाई हिमाञ्चल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेद्वार बनाएको छ । लोकप्रिय धारावाहिक रामायणमा रामको भूमिका निभाएका अभिनेता अरुण गोविललाई भाजपाले मेरठबाट टिकट दिएको छ ।

त्यस्तै, चर्चित नामहरु मध्ये उद्योगपति नवीन जिन्दललाई पनि भाजपाले उम्मेद्वार बनाएको छ । भाजपाले पुराना नेतालाई टिकट नदिएर नयाँ अनुहारका चर्चित व्यक्तिलाई रोजेको छ ।

पूर्व केन्द्रीय मन्त्री अनन्तकुमार हेगडे, साथै लगभग ३७ वर्तमान सांसदलाई भाजपाले नदोहरयाउने भएको छ । पार्टीले केन्द्रीय मन्त्री अश्विनी कुमार चौबे र वीके सिंह, र सांसद वरुण गान्धी लगायतका धेरै पदाधिकारीलाई यसपटकको चुनावमा टिकट दिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved