एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल चयन

नेपालभ्युज

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल चयन

काठमाडौं । नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको एकीकृत समाजवादी पार्टीको पहिलो संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई दलको नेतामा चयन गरेको हो ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकले अध्यक्ष नेपाललाई दलको नेता चयन गरेको हो । यस्तै, पार्टीको राष्ट्रियसभा दलको नेताको जिम्मेवारी बेदुराम भुसाललाई दिएको छ ।

एमालेबाट अलग भई गत ९ गते मात्रै नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएको थियो । नेपालसँगै एमाले छाडेर एकीकृत समाजवादीमा जाने सांसदको संख्या ३० रहेको छ ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए पछि नेपाल र जसपाबाट अलग भएका महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved