नेता आचार्यका भाइ मृत फेला

नेपालभ्युज

नेता आचार्यका भाइ मृत फेला
सांकेतिक तस्वीर

सुनसरी । प्रदेश १ को मुख्यमन्त्री नियुक्तीको तयारीमा रहेका नेकपा एमालेका सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । उनका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य सुनसरीको इनरुवा नगरपालिका–३ स्थित घरमै मृत भेटिएका हुन् ।
आचार्य बिहीबार विहान घरमै मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुनसरीले पुष्टि गरेको छ । उनको शव भेटिएको कोठामा भित्रैबाट चुक्कुल लगाइएको प्रहरीले जनाएको छ । मृत फेला परेका आचार्य एमाले नेता आचार्यका कान्छा भाइ हुन् । उच्च रक्तचाप, मधुमेह र डिप्रेसनका बिरामी भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved