कांग्रेसका बागी उम्मेदवार, समर्थक र प्रस्तावक ५ बर्षका लागि निस्कासित

नेपालभ्युज

कांग्रेसका बागी उम्मेदवार, समर्थक र प्रस्तावक ५ बर्षका लागि निस्कासित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्तिमार्फत तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई ५ बर्षका लागि निस्कासन गरिएको  जानकारी दिए ।

सत्तारुढ गठबन्धनदलहरु बीच भएको सहमति अनुरुप नेपाली काँग्रेस पार्टीका आधिकारीक उम्मेदवार लगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका बीच भएको सहमतिका आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आगामी मंसिर ४ गते हुन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved