महारानीको महाप्रस्थान

यस्ता छन् बेलायती महारानी एलिजाबेथका अद्भुद कीर्तिमान

एलिजाबेथले ७० वर्ष र करिब चार महिना शासन गरिन् । यो बेलायती इतिहासमा कुनै पनि राजाको भन्दा लामो शासन हो। कमनवेल्थ देशहरुसहित महारानीले भ्रमण गरेका देशको संख्या १ सय ५० वटा छन् । यो भ्रमणमा उनले १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी छिन् ।

नेपालभ्युज

यस्ता छन् बेलायती महारानी एलिजाबेथका अद्भुद कीर्तिमान

लण्डन। विहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानी एलिजाबेथ द्वितीयले आफ्नो जीवनकालमा थुप्रै ऐतिहासिक रेकर्डहरु बनाएकी छिन् ।

७० वर्ष र झण्डै चार महिना शासन गरेकी महारानी बेलायतमा मात्र नभई विश्वभरकी एक अभिभावक थिइन् । बेलायतमा अधोगतिमा लाग्दै गरेको राजतन्त्रप्रतिको छवि उकास्न महारानी एलिजाबेथले निकै मेहनत गरेकी छिन् । निधन भएकी बेलायती महारानीका थुप्रै कीर्तिमान छन् । जुन संक्षेपमा यस्ता छन् –

 – एलिजाबेथले ७० वर्ष र करिब चार महिना शासन गरिन् । यो बेलायती इतिहासमा कुनै पनि राजाको भन्दा लामो शासन हो। अघिल्लो कीर्तिमान उनकी हजुरआमा रानी भिक्टोरियाको हातमा थियो, जसले ६३ वर्ष सात महिना र दुई दिन शासन गरेकी थिइन्।

–  विश्व इतिहासमा सबैभन्दा लामो समय शासन गर्नेमा महारानी एलिजाबेथ तेस्रो स्थानमा थिइन् । एलिजाबेथ भन्दा अघि केवल दुई राजाहरूले लामो समयसम्म शासन गरेका छन् । फ्रान्सका लुइस चौधौंले सन १९६३ र १७१५ को बीचमा ७२ वर्ष र थाइल्याण्डका भूमिबोल अदुल्यादेजले ७० वर्ष र चार महिना शासन गरेका छन् ।

एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् । एलिजाबेथ संसारको सबैभन्दा पुरानो वर्तमान राजा र राज्य प्रमुख थिइन्।

१ सय २० वटा देशको भ्रमण गरेकी एलिजाबेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी छिन् । कमनवेल्थ देशहरुसहित महारानीले भ्रमण गरेका देशको संख्या १ सय ५० वटा छन् । यो भ्रमणमा उनले १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी छिन् । सबैभन्दा धेरै उनी २२ पटक क्यानडा गएकी थिइन् । युरोपमा उनले सबैभन्दा धेरै १३ पटक फ्रान्सको भ्रमण गरकी छिन् ।

–  एलिजाबेथ द्वितीयले लिन्डन बी जोन्सन बाहेक आधुनिक अमेरिकाका अन्तिम १४ राष्ट्रपतिहरू मध्ये १३ जना लाई भेटेकी छिन् । ह्वाइट हाउसबाट उनको अन्तिम आगन्तुक सन् २०२१ मा जो बाइडेन थिए। कुनै पनि शासकले १३ जना अमेरिकी राष्ट्पतिलाई भेट्नु अर्को कीर्तिमान हो ।

  महारानी एलिजाबेथले रानीको रूपमा २१ हजार वटा औपचारिक समारोहमा भाग लिइन् । यो कुनै पनि शासकको भन्दा धेरै संलग्नता हो । उनले ४ हजार  वटा कानूनलाई शाही स्वीकृति दिइन् । उनको शासनकालमा १ सय २१ वटा देशका प्रमुखले बेलायतको भ्रमण गरेका छन् । बकिङ्घम प्यालेसमा १ सय ८० भन्दा बढी गार्डेन पार्टीहरू आयोजना गरिएका छन्, जसमा १५ लाखभन्दा बढी मानिसहरू सहभागी भएका छन्। यी सबै कीर्तिमान हुन् ।

महारानी एलिजाबेथले ७३ वर्षसम्म पतिसँग सँगै रहने सौभाग्य प्राप्त गरिन् । बेलायती राजपरिवारका कुनै पनि शासकले श्रीमान श्रीमतीको रुपमा ७३ वर्ष सँगै बस्न पाएका छैनन् । उनका पति प्रिन्स फिलिपको गत वर्ष अप्रिलमा ९९ वर्षको उमेरमा निधन भएको थियो । महारानीले एक सय वर्ष बाँच्ने तीन लाख जनालाई र ६० वर्षसम्म वैवाहिक जीवन विताउने नौ लाख जनालाई वैवाहिक उत्सवको कार्ड पठाएकी थिइन् ।

बेलायती राजा वा महारानीको तर्फबाट चीन भ्रमण गर्ने व्यक्ति पनि महारानी एलिजावेथ हुन् । उनले सन् १९९६ मा चीनको भ्रमण गरेकी थिइन् । यस्तै अमेरिकाको प्रतिनिधि सभालाई सम्बोधन गर्ने पहिलो व्यक्ति पनि उनी नै हुन् ।

–  महारानीले आफ्नो पहिलो इमेल मार्च २६, १९७६ मा रक्षा मन्त्रालयको अनुसन्धान केन्द्रको भ्रमणको क्रममा पठाएकी थिइन्। उनकै सक्रियता र निर्देशनमा सन् १९९७ मा बकिंघम प्यालेसको वेबसाइट सुरु भएको थियो । विश्वमा कुनै पनि प्रमुख शासकीय नेतृत्वको वेवसाइट सुरु भएको यो पहिलो थियो ।   –एजेन्सीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved