काठमाडौंको मेयरमा बालेनको जित

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह (बालेन्द्र) विजयी भएका छन्।

नेपालभ्युज

काठमाडौंको मेयरमा बालेनको जित

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह (बालेन्द्र) विजयी भएका छन्।

काठमाडौं महानगरमा अब १९ हजार ३२३ मत गणना हुन बाँकी छ। मतगणना नसकिँदै उनले गन्न बाँकी मतभन्दा बढी मतान्तर बनाएपछि उनको जित सुनिश्चित भएको हो। हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ।

गणना भएकाे मत परिणामअनुसार साह सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार ३७६ मतले अगाडि छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापित बालेन भन्दा २१ हजार १२१ मतले पछाडि छन्।

उपमेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved