काठमाडौं। निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचनको मिति छिटो तोक्न आग्रह गरेको छ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई स्थानीय तहको निर्वाचनको मिति यथाशिघ्र सार्वजनिक गर्नका लागि आग्रह गरेको हो।
आयोगको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ।’
यसअघि, निर्वाचन आयोगले सरकारलाई आगामी १४ वैशाख बुधबार एकै चरणमा अथवा एकै चरणमा सम्भव नभएको अवस्थामा १४ वैशाखमा पहिलो र २२ वैशाखमा दोस्रो चरणमा निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव गरेको थियो।
Facebook Comment
Comment