उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने

नेपालभ्युज

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने

काठमाडौं । उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ ।

यो घातक हतियारको परीक्षण उत्तर कोरियाका शासक किम जोंग-उनको निगरानीमा भएको बताइएको छ ।

त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार यही साता दक्षिण हामग्योंग प्रान्तको समुद्रमा ‘गुप्त हतियार’को परीक्षण गरिएको छ ।

रिपोर्टका अनुसार यस्तो ड्रोन ८० देखि १५० मिटर गहिराइमा ५९ घण्टासम्म चलेको थियो । त्यसपछि पूर्वी तटमा विस्फोट गरेर यसलाई नष्ट गरिएको थियो ।

शासक किमले यो नयाँ हतियार अमेरिका र दक्षिण कोरियाका लागि एक चेतावनी रहेको बताएका छन् ।

केसीएनएले ‘हायल’ नामक यो हतियारले दुश्मनका जहाज र बन्दरगाहमा ठूलो रेडियोएक्टिभ तरंग छोड्न सक्नेछ । समुद्र मुनी चल्ने यो ड्रोनलाई कुनै पनि तट र बन्दरगाह अथवा जहाजमा तैनाथ गर्न सकिनेछ ।

उत्तर कोरियाको नयाँ हतियारले भारी तबाही मच्चाउन सक्ने भन्दै चिन्ता व्यक्त भएको छ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक-योलले उत्तर कोरियाले आफ्नै लापरवाहीको मूल्य चुकाउने चेतावनी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved