स्रोत नखुलेको ८० लाख रुपैयाँसहित लोकन्थलीबाट एक जना पक्राउ

लोकन्थलीबाट काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका-१० का ३६ वर्षीय चित्रबहादुर पुन मगर पक्राउ परेका हुन्।

नेपालभ्युज

स्रोत नखुलेको ८० लाख रुपैयाँसहित लोकन्थलीबाट एक जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार गएराति मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका-१० का ३६ वर्षीय चित्रबहादुर पुन मगर पक्राउ परेका हुन्।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट बा४९प ८५६५ नंको स्कुटर र नगद ३० लाखसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved