सबै वामपन्थी शक्तिलाई एकै ठाँउमा आउन प्रधानमन्त्री प्रचण्डको अपिल

नेपालभ्युज

सबै वामपन्थी शक्तिलाई एकै ठाँउमा आउन प्रधानमन्त्री प्रचण्डको अपिल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिष्टहरु एकै ठाँउमा आउन अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकताको अभियानमा लामवद्ध हुन आव्हान गरेका हुन् ।

उनले पछिल्लो फेरिएको राजनीतिक समीकरणले सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउने विश्वास गरेका छन् ।

वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरुबीच सहकार्य गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा आफु निरन्तर लागि परेको उनको भनाइ छ ।

विगतका अनुभवहरूको समीक्षासहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक विषयमा गहन छलफल गर्दै साझा निष्कर्षमा पुग्नका लागि आज संकल्प गर्ने दिन भएको उल्लेख गरेका छन् ।

वामपन्थी शक्तिहरूको साझा संकल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सकिने प्रचण्डले बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved