यूएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

नेपालभ्युज

यूएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाएका छन् । तर, लगत्तै उनी आउट भएका छन् ।

उनले ३९ बलमा अर्धशतक बनाए । ४० औं बलमा आउट भए । यो सँगै नेपालले छैठौं विकेट गुमाएको छ । सन्दीपले २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १५ ओभरमा ८७ रन मात्रै बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved