जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते

नेपालभ्युज

जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते
सांकेतिक तस्वीर।

पोखरा । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

शहीद चोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस  बिहान ४ः४० बजे राष्ट्रक बैंक चोकमा ठोक्किएका हुन् ।

दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् ।

घाइतेहरुको अवस्था मध्यम छ ।  उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved