सुदूरपश्चिम : प्रदेश प्रमुखको निर्णयविरुद्ध लक्ष्मणकिशोर चौधरी अदालत जाने

नेपालभ्युज

सुदूरपश्चिम : प्रदेश प्रमुखको निर्णयविरुद्ध लक्ष्मणकिशोर चौधरी अदालत जाने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुख नजिर मियाँको निर्णयविरुद्ध अदालत जाने बताएका छन् ।

प्रदेश प्रमुख मियाँले आफ्नो दाबीलाई अस्वीकृत गरेपछि न्यायको लागि अदालत जाने चौधरीले बताएका हुन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले प्रदेश प्रमुखले कानुनविपरीत सरकार निर्माणको समय लम्ब्याएको भन्दै आपत्ति जनाए । उनले भने, ‘त्यसको नैतिक जिम्मेवारी उहाँले लिनुपर्छ ।’

मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् । मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर र सोही पार्टीको रन्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् ।

सुदूरपश्चिम : मुख्यमन्त्रीको दुवै दाबी अस्वीकृत, दुई दिन समय थपियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved