सुदूरपश्चिम : मुख्यमन्त्रीको दुवै दाबी अस्वीकृत, दुई दिन समय थपियो

नेपालभ्युज

सुदूरपश्चिम : मुख्यमन्त्रीको दुवै दाबी अस्वीकृत, दुई दिन समय थपियो

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि पेश गरिएका दुवै दाबी अस्वीकृत गरेका छन् ।

उनले थप दुई दिनको समय थप गर्दै पुन दाबी पेश गर्न भनेका छन् । यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

प्रमुख मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved