इरानमाथि जवाफी हमलाबारे इजरायलको मन्त्रिपरिषदमा फरक मत

नेपालभ्युज

इरानमाथि जवाफी हमलाबारे इजरायलको मन्त्रिपरिषदमा फरक मत

काठमाडौं। इरानमाथिको आक्रमणका विषयमा छलफल गर्न विगत २४ घण्टामा दोस्रो पटक बसेको इजरायलको मन्त्रिपरिषद् बैठकमा मतभेद देखिएको छ ।

कतिपय मन्त्रीले तत्काल प्रत्याक्रमण गर्नुअघि अमेरिकाको राय लिनुपर्ने धारणा राखेका छन् । कतिपयले भने तत्कालै जवाफ फर्काउनु पर्ने बताएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

इजरायलले इरानमाथि जवाफी हमला गर्ने बारे कस्तो निर्णय लिन्छ भनेर चर्चा चलिरहँदा बैठकमा हमला कहिले र कसरी गर्ने विषयमा फरक मत देखिएको बीबीसीले जनाएको छ।

इजरायल सरकारले इरानमाथि हमला गर्न चाहे पनि विध्वङ्स युद्ध भने नचाहेको स्थानीय सञ्चारमाध्यमले जनाउँदै आएका छन्। कतिपय मन्त्रीले अमेरिकाको समन्वयमा मात्रै अघि बढ्नुपर्ने राय राखेका थिए ।

इरानविरुद्धको सैन्य आक्रमणमा सहभागिता नजनाउने अमेरिकी अधिकारीहरुले बताउँदै आएका छन्। इजरायलमा गठबन्धन सरकार छ ।

विपक्षी नेता यायर ल्यापिडले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली प्रतिरोधको पूर्ण क्षतिको अध्यक्षता गरेको आरोप लगाएका थिए।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक र उनका इजरायली समकक्षी नेतान्याहुबीच आक्रमणबारे छलफल हुने बताइएको छ।

इरानले इजरायलमाथि ३ सय भन्दा धेरै ड्रोन मिसाइल प्रहार गरेको थियो । तर, त्यसबाट ठूलो क्षति भने हुन पाएन । धेरै देशले इजरायललाई संयमता अपनाउन आग्रह गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved