इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक गरिँदै

नेपालभ्युज

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक गरिँदै

काठमाडौं । निर्वाचन आयोगले उपचुनाव हुने इलाम र बझाङबाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता र अद्यावधिक शुरु गरेको छ ।

आयोगले उपचुनाव प्रयोजनका लागि गएको फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो ।

आयोगले उपचुनाव हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य शुरु गर्ने जनाएको छ ।

पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेका व्यक्तिले नाम दर्ताका लागि प्रमाणसहित प्रि–रजिस्ट्रेशन प्रणालीमार्फत आवेदन गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved