सलमान खानको घरमा गोली चलाउन चोरीको मोटरसाइकल प्रयोग, सुरक्षामा थप प्रहरी परिचालन

नेपालभ्युज

सलमान खानको घरमा गोली चलाउन चोरीको मोटरसाइकल प्रयोग, सुरक्षामा थप प्रहरी परिचालन

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाउने चोरीको मोटरसाइकल प्रयोग गरेको खुलेको छ ।

शनिबार बिहान मोटरसाइकलमा आएका दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा गोली चलाएका थिए ।

त्यहाँ उनीहरूले पाँच राउन्ड गोली चलाएर फरार भएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार एकको नाम विशाल उर्फ कालू बताइएको छ ।

गोली चलाएर फरार हुन बिश्नोई ग्याङका रोहित गोदाराले सुपारी दिएका थिए । विशालले गत महिना गुरूग्रामको एक ढाबामा गोली चलाएर एक व्यक्तिको हत्या गरेका थिए । त्यतिबेलादेखि नै उनी फरार थिए । उनी रोहित गोदाराको लागि विदेशमा बसेर काम गरिरहेका थिए ।

गोली चलेपछि सलमान खानलाई वाइ प्लस श्रेणीको सुरक्षा दिइएको छ । त्यसमा ११ जना प्रहरी खटिने व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved