रुस जाने युवाका परिवारको पीडा: साथीहरूले दिएको सूचनाकै आधारमा काजक्रिया गर्दै परिवार

युद्धमा लड्न गएका साथीहरूले दिएको सूचनाकै आधारमा परिवारले काजक्रिया गरिरहेका छन् । एकातिर मृत्यु भएका भनिएका परिवारले साथीहरूले दिएको सूचनाका आधारमा दाहसंस्कार गर्नुपरेको छ भने अर्कोतिर बिनाप्रमाण आएका सूचनाको पुष्टि नहुँदा परिवारलाई झन् मानसिक यातना सहनु परिरहेको छ ।

नेपालभ्युज

रुस जाने युवाका परिवारको पीडा: साथीहरूले दिएको सूचनाकै आधारमा काजक्रिया गर्दै परिवार

काठमाडौं । रसियन आर्मीमा युद्ध लड्न गएर मारिएका नेपालीको शव नआउँदा परिवारले कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । परराष्ट्र मन्त्रालयले पहल नगर्दा शव नआएको र कुशको शव बनाएर दाहसंस्कार गर्नुपरेको पीडित परिवारको गुनासो छ ।

रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३२ पुगिसकेको छ । यो परराष्ट्र मन्त्रालयले दिएको आधिकारिक तथ्याङ्क हो ।
थुप्रै नेपालीहरू सम्पर्कविहीन छन् । साथीहरूका अनुसार ती मध्ये धेरै जीवित भेटिने सम्भावना कम छ ।

मृत्यु पुष्टि भएका ३२ जनाको शव पनि कहिले नेपाल आइपुग्छ भन्नेबारे न नेपाल सरकारलाई थाहा छ, न त उनीहरूको परिवारसँग भरपर्दो सूचना नै छ ।

युद्धमा लड्न गएका साथीहरूले दिएको सूचनाकै आधारमा परिवारले काजक्रिया गरिरहेका छन् । एकातिर मृत्यु भएका भनिएका परिवारले साथीहरूले दिएको सूचनाका आधारमा दाहसंस्कार गर्नुपरेको छ भने अर्कोतिर बिनाप्रमाण आएका सूचनाको पुष्टि नहुँदा परिवारलाई झन् मानसिक यातना सहनु परिरहेको छ ।

रुसी सरकारले पनि नेपालमा शव पठाउने वचन दिएको परराष्ट्र मन्त्रालयका अधिकारीको दाबी छ । तर, त्यसको कार्यान्वयन कहिलेबाट कसरी सुरु हुन्छ भन्ने टुङ्गो छैन । त्यसो नहुँदा रुसी सेनामा भर्ती भएकाहरूको परिवारजनहरूमा अत्यासलाग्दो छटपटी देखिन्छ ।

रुसमा भर्ती भई लडिरहेका र घाइते भएकाहरूलाई फिर्ता पठाउन सरकारले भनिरहेको छ ।

मृत्यु भएकाहरूको शव र क्षतिपूर्ति पठाउन परराष्ट्र मन्त्रालयले पटकपटक कूटनीतिक नोट पठाइसकेको छ । नेपालले रुससँग उच्च तहको संवाद पनि गरिसकेपनि सकारात्मक जवान नआउँदा परिवार चिन्तामा छन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू भन्छन्, ‘हामीले रुसी पक्षसँग सेनामा भर्ती भएर युद्धमा मृत्यु भएका नेपालीको शव नेपाल पठाइदिन, क्षतिपूर्ति दिन भनेका छौँ । घाइते भएका र रुसी सेनामा भर्ना सबैलाई फिर्ता पठाइदिन पनि भनेका छौँ । अबदेखि भर्ना नगर्न पनि भनेका छौँ । सेनामा भर्ती भएर युक्रेनी सेनाको कब्जामा परेकाको जानकारी दिन पनि भनेका छौँ । तर, उताबाट कार्यान्वयन भएको छैन ।’

रुसमा थप १५ जना नेपालीको मृत्यु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved