रुसमा थप १५ जना नेपालीको मृत्यु*

नेपालभ्युज

रुसमा थप १५ जना नेपालीको मृत्यु*

काठमाडौं । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १५ जना नेपालीको मृत्यु भएको छ । उनीहरूको पहिचान यकिन गर्न अहिले डिएनए टेष्टको लागि स्याम्पल नेपाल ल्याइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यससंँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३२ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि नै १७ जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक भएको थियो ।

उनीहरुमा धादिङकापूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको सार्वजनिक गरेको थियो ।

त्यसअघि नै सरकारले मृतक १० जनाको सूची सार्वजनिक गरेको थियो ।

जसमा, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, दार्चुलाका कुन्दनसिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved