अभिनेत्री हेगडेले किनिन् मुम्बईमा ४५ करोडको घर

नेपालभ्युज

अभिनेत्री हेगडेले किनिन् मुम्बईमा ४५ करोडको घर

काठमाडौं । बलिउड अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारूको घर किनेकी छन् ।

ईटाइम्सको एक रिपोर्टअनुसार अभिनेत्रीले मुम्बईको बान्द्रामा एक समुद्र-फेसिङ बंगलामा लगानी गरेकी छिन्। यो बंगला ४ हजार स्क्वायर फिटमा फैलिएको छ ।

अभिनेत्री पूजा हाल ८ करोडको थ्रीबीएचके अपार्टमेन्टमा बस्दै आएकी छन् । यसको मूल्य ६ देखि ८ करोड रूपैयाँ रहेको बताइएको छ ।

पूजासँग पोर्श केयेनजस्ता लक्जरी कार पनि छ जसको मूल्य करिब २ करोड भारू पर्छ । मिडिया रिपोर्टका अनुसार अभिनेत्रीको कुल सम्पत्ति ५१ करोड भारू छ ।

उनले सन् २०१६ मा ‘मोहेन्जो दारो’बाट डेब्यु गरेकी थिइन्। पूजाको आगामी फिल्म देवा हो। यसमा उनी शाहिद कपूरको अपोजिटमा देखिनेछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved