कोशी प्रदेश लगायत पहाडी भेगमा वर्षाको सम्भावना

नेपालभ्युज

कोशी प्रदेश लगायत पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं । कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहेको छ ।

आज दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुनेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २८ दशमलव २ डिग्री पुग्ने अनुमान गरिएको छ । काठमाडौंमा पछिल्लो २४ घण्टामा १ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved