किगल एक्सरसाइज गर्नाले हुन्छ यस्तो फाइदा

नेपालभ्युज

किगल एक्सरसाइज गर्नाले हुन्छ यस्तो फाइदा

एजेन्सी । शरीरलाई स्वस्थ तथा फिट राख्नका लागि कसरत गर्नु एकदमै जरुरी हुन्छ । कतिपय मानिस जीममा गएर आफूलाई फिट राख्छन् । कतिपय घरमै पनि कसरत गर्छन् । घरमै किगल एक्सरसाइजको अभ्यास गर्दा पनि शरीरमा धेरै फाइदाहरु प्राप्त गर्न सकिन्छ ।

किगल एक्सरसाइज गर्ने विधि

ढाडको बलमा पल्टिनुहोस् । अब घुँडालाई मोड्दै पेटलाई आराम दिनुहोस् र ढाडलाई मोडेर खुट्टाको नजिक ल्याउनुहोस् । अब किगल मसल्स (मुत्रको प्रवाहलाई रोक्ने मसल्स) लाई चिनेर त्यसलाई ६ सेकेन्डसम्म भित्र खिच्नुहोस् र छोड्नुहोस् । यस्तो पाँच पटक सम्म गर्नुहोस् ।

किगर एक्सरसाइजका फाइदा

किगल एक्सरसाइजले कम्मर दुखेकोमा राहत दिन्छ । यसको अभ्यास गर्नाले डाढको मांसपेशीहरु पनि बलियो हुन्छन् ।

यो कसरत गर्नाले महिलाको तल्लो पेट तथा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । यसले शरीरमा रगतको प्रवाह पनि राम्रो तरिकाले हुन्छ ।

दैनिक किगल एक्सरसाइज गर्नाले पुरुषमा हुने शीघ्रपतनको समस्या पनि ठिक गर्न सकिन्छ । यस्तो पुरुषहरुले यो कसरत अवश्य गर्न सक्नुहुन्छ ।

गर्भवती महिलाका लागि पनि यो कसरत एकदमै फाइदाजनक हुन्छ । किगल एक्सरसाइज गर्नाले शरीर नर्मल डेलिबरीको लागि तयार हुन्छ । यसको नियमित अभ्यासले प्रसव पिडाको बेला दुखाई पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved