विभिन्न हिमालबाट ल्याइएका नकुहिने फोहोरहरूको प्रदर्शनी (फोटो फिचर)

विभिन्न हिमालबाट ल्याइएका नकुहिने फोहोरहरूको प्रदर्शनी (फोटो फिचर)

काठमाडौं। सफा हिमाल अभियान (Mountain Cleaning campaign) अन्तरगत सैनिक (Nepal Army) टोलीले सन् २०१९ देखि सन् २०२३ सम्म  विभिन्न हिमालहरूबाट ल्याएको फोहोरहरू मध्ये नकुहिने फोहोरहरू प्रदर्शनीमा राखिएको छ। चैत २९ गते बिहीबार सैनिक मुख्यालय (Nepali Army Headquarter) जङ्गी अड्डामा उक्त फोहोरहरू प्रदर्शन गरिएको हो।

जसमा आरोहीले प्रयोग गर्ने अक्सिजन ग्यास र ईपी ग्यासका सिलिन्डरहरू, जुत्ताहरू, आइसएक्स, स्नोबार, आइसस्क्रिउ, आरोहणको क्रममा प्रयोग गर्ने डोरी, हेलमेट, हार्नेस, पालका डन्डीहरू, हाते घडी, सञ्चार सेट लगायत छन्। सन् २०१९ मा ल्होत्से हिमालबाट सफा अभियान सुरु गरेको सेनाले सन् २०२१, ०२२ र ०२३ मा गरी ९७,२५६ केजी फोहोर, ४ वटा शव र २ वटा मानव कङ्काल ल्याइसकेको छ। सन् २०२३ सम्म सेनाले ल्होत्से, पुमोरी, मकालु, धौलागिरि, आमादब्लम, सगरमाथा, मनासलु, अन्नपूर्ण र बरुञ्चे हिमालहरू सफाइ गरेको छ।

सफा हिमाल अभियान २०२४ अन्तर्गत सगरमाथा क्षेत्रको नुप्चे, ल्होत्से र सगरमाथा (Mt. Everest) हिमालबाट १० टन फोहोर र पुष्टि भएका ५ वटा शव ल्याउने सेनाको तयारी गरेको छ। यस वर्षको सफा हिमाल अभियान लागी सेनाको टोली २०८१ वैशाख २ गते सगरमाथा आधार शिविर जाने छ।

तस्वीरहरु:-

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved