दैनिक यसरी लगाउनुहोस् अनुहारमा सनस्क्रीन

नेपालभ्युज

दैनिक यसरी लगाउनुहोस् अनुहारमा सनस्क्रीन

एजेन्सी । त्यसो त हरेक मौसममा अनुहारमा सनस्क्रीन लगाउनु पर्दछ । विशेषगरी गर्मीको मौसममा सूर्यको हानिकारक किरणहरु अत्यधिक बलियो हुने भएकाले सनस्क्रीनको प्रयोग भुल्नै नहुने काम हो । दैनिक रुपमा सनस्क्रीनको प्रयोगले छालालाई विभिन्न समस्याहरुबाट जोगाउन सकिन्छ । सौन्दर्य विशेषज्ञबाट सनस्क्रीनको सही प्रयोग गर्ने तरिकाबारे जानौं–

कतिपयले सनस्क्रीनमा अन्य क्रीमलाई मिसाएर लगाउने वा फेस क्रीम लगाएपछि लगाउँछन् । तर यसो गर्नबाट बच्नुपर्छ । तपाईंले सबैभन्दा पहिला अनुहारमा सनस्क्रीन लगाउनु पर्दछ । त्यसपछि मात्रै अन्य क्रिमहरुको प्रयोग गर्नुहोस् ।

यदी तपाईं पनि सनस्क्रीनको थोरै मात्रा हातमा लिएर लगाउनुहुन्छ भने यस्तो बानी परिवर्तन गर्नुहोस् । किनकी सधैं सनस्क्रीन एकदमै धेरै मात्रामा लगाउनु पर्दछ । त्यस्तै यसलाई लगाउँदा सम्पूर्ण हातभरि लगाउनुको सट्टा दुईवटा औंलामा मात्र लगाएर मालिस गर्नुहोस् ।

तपाईं वर्षको सबै मौसममा सनस्क्रीनको प्रयोग गर्नुहोस् । जाडो होस् वा गर्मी घामको सम्पर्कमा जहिले पनि सनस्क्रीनको आवश्यकता पर्दछ ।

सनस्क्रीन लगाउने समयमा तपाईंले सही एसपीएफको छनोट गर्नुपर्दछ । तपाईं एसपीएफ (३० देखि लिएर एसपीएफ ५० सम्म दिनको समयमा लगाउन सक्नुहुन्छ । यदी तपाईं स्वीमिंग गर्न जाँदै हुनुहुन्छ भने एसपीएफ १०० को सनस्क्रीन प्रयोग गर्नुपर्ने हुन सक्छ ।

सनस्क्रीन लगाउने समयमा तपाईंले यसलाई अनुहारमा हल्का दबाउँदै मालिस गर्नुहोस् । यसलाई एकदमै आरामसँग मालिस गरेर सम्पूर्ण अनुहारमा लगाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved