गाईको मासु खाएको आरोप लागेपछि के भन्छिन् कंगना ?

नेपालभ्युज

गाईको मासु खाएको आरोप लागेपछि के भन्छिन् कंगना ?

काठमाडौं । भारतीय अभिनेत्री कंगना रनौत अहिले चुनाव प्रचारप्रसारमा व्यस्त छिन् । उनी भारतीय जनता पार्टीको तर्फबाट हिमालच प्रदेशको मण्डी सिटबाट उम्मेदवार बनेकी छन् ।

यसैबीच चुनावी प्रचारको क्रममा एकअर्काविरुद्ध कटाक्ष, आरोपप्रत्यारोप लगाउने क्रम चलिरहेको छ । यसैबीच भारतीय राष्ट्रिय कांग्रेसका नेता विजय वडेट्टीवारले रनौतले गाईको मासु खाने गरेको आरोप लगाएका छन् ।

चुनावी दौरानको क्रममा एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । तर, रनौतले भने वडेट्टीवारको आरोप निराधार भएको बताएकी छन् ।

उनले एक्समार्फत् भनेकी छन्, ‘म न गाईको मासु खान्छु न रातो मासु । म गाईको मासु वा कुनै प्रकारको रातो मासु खाँदिन । मेरो बारेमा निराधार हल्ला फैलाउनु लाजमर्दो कुरा हो । म दशकौंदेखि योग र आयुर्वेदिक जीवनशैलीको प्रचार गर्दै आएको छु ।’

‘मेरो छविलाई ध्वस्त पार्न त्यस्ता युक्तिहरू काम गर्दैनन्, किनकि म हिन्दू हुनुमा गर्व गर्छु र सबैलाई थाहा पनि छ र मलाई कुनै पनि कुराले भ्रममा पार्न सक्दैन। जय श्री राम।’ उनले थप लेखेकी छन् ।

कांग्रेस नेता वडेट्टीवारले केहि दिनअघि एक कार्यक्रममा भनेका थिए, ‘कंगना रनौतलाई भाजपाले टिकट दियो, जसले सामाजिक सञ्जालमा आफूलाई गाईको मासु मनपर्छ र खान्छु भनेर लेखेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved