बेगम बेलीले सिँगारियो रूद्रमती कोरिडोर (तस्वीरहरू)

बेगम बेलीले सिँगारियो रूद्रमती कोरिडोर (तस्वीरहरू)

काठमाडौं । रूद्रमती (धोबी खोला) कोरिडोरको रातोपुल र कालोपुलबीचको खण्ड अहिले ढकमक्क फुलेका बेगम बेली फूलले सिँगारिएको छ। सडकको दुईतर्फी किनारामा रोपिएका बेगम बेली फुलेसँगै कोरिडोर रङ्गीचङ्गी भएको छ ।

यस क्षेत्रमा नदीको पानी प्रदूषित भएर नाकलाई असहज भएतापनि फूलको सुन्दरताले आँखालाई भने आनन्द दिलाउँछ। ऋतुहरूको राजा भनेर चिनिने वसन्त ऋतुको मध्यमा फुलेका यी फूलहरूले सडक सुन्दर देखिएका छन्। अहिले त्यो क्षेत्र भएर यात्रा गर्ने जोकोहीलाई बेगम बेलीको आकर्षणले तानिरहेको देखिन्छ।

केही वर्ष अघि स्थानीय सङ्घसंस्था र निकाय मिलेर यस क्षेत्रको सडक किनारामा विभिन्न रङ्गका बेगम बेली फूल रोपेका थिए।

तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved