डढेलोमा जलेर धनकुटामा दुई बालक गम्भीर घाइते

नेपालभ्युज

डढेलोमा जलेर धनकुटामा दुई बालक गम्भीर घाइते
सांकेतिक फोटो।

काठमाडौं । धनकुटामा लागेको डढेलोमा जलेर दुई बालक गम्भीर घाइते भएका छन् ।

धनकुटा नगरपालिका ३ कागतेमा आइतबार दिउँसो लागेको डढेलोमा जलेर स्थानीय राजु श्रेष्ठका १० वर्षीय छोरा रोशन र ३ वर्षीय विवेक घाइते भएका हुन् ।

घर नजिकै बारीमा सुकेको पात भेला पारेर लगाइएको आगो (Fire) नियन्त्रण बाहिर जाँदा डढेलो लागेको हो ।

घाइते दुवै बालकलाई जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved