‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक, केकीको डरलाग्दो रूप (भिडिओ)

सार्वजनिक ट्रेलरमा केकी अधिकारीलाई ‘बोक्सी’को रूपमा देखाइएको छ । चलचित्रले बोक्सीको अन्धविश्वासलाई कसरी प्रस्तुत गरेको छ भनेर हेर्न चाहिँ रिलिज डेट १४ वैशाख नै कुर्नुपर्ने छ ।

नेपालभ्युज

‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक, केकीको डरलाग्दो रूप (भिडिओ)

काठमाडौं । अभिनेत्री केकी अधिकारीले होम प्रोडक्सन फिल्म ‘बोक्सीको घर’ को ट्रेलर सार्वजनिक गरेकी छन् । सिभिल मलमा आयोजना गरिएको कार्यक्रममा उनी ‘बोक्सी’ कै अवतारमा प्रस्तुत भएर आगन्तुकलाई तर्साउने प्रयास गरिन् ।

यसअघि ‘बुझिनँ मैले बुझाइदेऊ कसैले’ गीतबाट अत्यधिक प्रशंसा बटुलिसकेको छ । त्यही गीतबाटै फिल्मको धेरै कथा बुझ्न सकिन्छ ।

सार्वजनिक ट्रेलरमा केकी अधिकारीलाई ‘बोक्सी’को रूपमा देखाइएको छ । ‘बोक्सी’ भनेको अन्धविश्वास मात्र हो ।

विज्ञानले प्रमाणित गरेको छ कि यो हुँदैहुँदैन । यद्यपि, चलचित्रले बोक्सीको अन्धविश्वासलाई कसरी प्रस्तुत गरेको छ भनेर हेर्न चाहिँ रिलिज डेट १४ वैशाख नै कुर्नुपर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved