झिनो अंकले घटेर बन्द भयो नेप्से

नेपालभ्युज

झिनो अंकले घटेर बन्द भयो नेप्से

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज झिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । आज नेप्से (nepse) परिसूचक २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०२ कम्पनीका ५६ हजार ३ सय २१ पटकको कारोबारमा ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ३७ करोड २६ लाख ७ हजार ३ सय ०७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३४ अंकले घटेर ३५५ दशमलव ४२ को विन्दुमा पुगेको छ । बिहीबार माइक्रोफाइनान्स कम्पनीहरूमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार हुनेमा ट्रेडिङ कम्पनीहरू रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved