भीरबाट लडेर वडा सचिवको मृत्यु

नेपालभ्युज

भीरबाट लडेर वडा सचिवको मृत्यु

काठमाडौं । दार्चुलामा भीरबाट लडेर वडा सचिवको मृत्यु भएको छ ।

मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर मृत्यु भएको हो ।

बिहीबार बेलुका मालिकार्जुन-५ को डाडाकोटस्थित भिरबाट लडेर लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved