बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले सोमबार विश्वासको मत लिने

नेपालभ्युज

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले सोमबार विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने भएका छन् ।

गत फागुन २३ गते नेपाली काङ्ग्रेसले समर्थन फिर्ता दिँदै सरकारबाट मन्त्रीहरु बोलाएपछि जम्मकट्टेल (Salikram Jamarkattel) नेतृत्वको बागमती सरकार अल्पमतमा परेको थियो । सरकारमा कांग्रेसका ६ सांसद थिए ।

पछिल्लो गठबन्धन अनुसार नेकपा (एमाले)सहितका दलको समर्थन रहेपछि मुख्यमन्त्री जम्कट्टेलले यही १९ गते विश्वासको मत लिने भएका हुन् । सो बारे माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको छ ।

माओवादीका मुख्य सचेतक रत्न ढकालले आज सचिवालयमा प्रस्ताव दर्ता गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved