संसदीय गतिविधिलाई गति दिन्छु – सभामुख घिमिरे

नेपालभ्युज

संसदीय गतिविधिलाई गति दिन्छु – सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय गतिविधिहरु तीब्ररुपमा अघि बढ्ने बताएका छन् । अन्तरव्यवस्थापिका संघको १४८ औं सभामा सहभागी भइ स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब संसदीय काम कारबाहीलाई गति दिने बताएका हुन् ।

संसदीय गतिविधि संसदीय समितिमार्फत पनि अघि बढीरहेको घिमिरेको भनाइ थियो । संसद बैठक स्थगित गरेर सभामुख घिमिरे (Devraj Ghimire) विभिन्न दलका सांसदहरुको नेतृत्व गर्दै ९ दिन अघि स्विटजरल्याण्डको जेनेभा (Geneva)गएका थिए ।

विदेश भ्रमणमा रहदा संसद बैठक संचालन गर्ने अनुमति उपसभामुखलाई नदिएको भन्दै सभामुखको आलोचना भएको छ ।

घिमिरेले अन्तरव्यवस्थापिका संघको सभामा आफुले विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताए । शान्ति र प्रगतिका विषयमा आफुले विशेष जोड दिएको सुनाए ।

उनले सभामा जलवायु परिवर्तन (Climate Change)लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढंगबाट संसदले खेल्ने भुमिकाका बारेमा ध्यानाकर्षण गराएको बताए । १४८ औं अन्तरव्यवस्थापिका संघको सभामा १४२ भन्दा बढी देशका सांसदको सहभागिता थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved