हानेपा बागमती सरकारमा सहभागी, बज्राचार्य बने मन्त्री

नेपालभ्युज

हानेपा बागमती सरकारमा सहभागी, बज्राचार्य बने मन्त्री

काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा) बागमती प्रदेश सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हानेपा संसदीय दल नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

उनले आजै साँझ साढे ६ बजे शपथ लिने कार्यक्रम तय भइसकेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

बज्राचार्य काठमाडौं क्षेत्र नम्बर ८ को प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित सांसद हुन् ।

बागमती प्रदेशसभामा हानेपाका २ सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved