सादा पोशाकमा प्रहरी परिचालन नगर्नू : प्रहरी प्रधान कार्यालय

नेपालभ्युज

सादा पोशाकमा प्रहरी परिचालन नगर्नू : प्रहरी प्रधान कार्यालय

काठमाडौं । सादा पोशाकमा जनशक्ति परिचालन नगर्न नेपाल प्रहरी (Nepal Police) को प्रधान कार्यालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर(व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो बढेपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने (Rabi Lamichhane) को निर्देशनमा प्रहरी प्रधान कार्यालयले बिहीबार सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गर्न निर्देशन दिएको हो ।

कार्यालयले नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन पनि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालयलाई भनेको छ ।

परिपत्रमा भनिएको छ, ‘त्यस कार्यालय तथा मातहतसमेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ ।’

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved